२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

भारत कोरोना : एकैदिन थपिए ३ लाख ३२ हजार भन्दा बढी संक्रमित, २२ सय ५६ जनाको मृत्यु



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका छन । बिहीबार पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ५७ हजार नाघेको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर पनि बढ्दो अवस्थामा छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

दिल्लीमा मात्रै ३०६ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३०६ जनाको मृत्यु भएको छ । योसँगै दिल्लीमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या १३ हजार १९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । योसँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ९१ हजार ६१८ पुगेको छ ।

संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ । सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ०७ बजे

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको