१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भेरी अस्पताललाई वडा अध्यक्षले दिए २०० सिलिण्डर अक्सिजन, मुस्लिम समुदायको ‘जकात’ संक्रमितको नाममा दिन आग्रह



नेपालगन्ज । नेपालगन्जका अस्पतालमा बेड र अक्सिजन नपाएर मृत्युवरण गरिरहँदा मुख्यमन्त्री शंकर पोखरेलले धरहरा र एमाले मुख्यालयको फोटो पोष्ट गरेर बसिरकै बेला नेपालगन्ज उपमहानगरका एक जन प्रतिनिधिले भने ब्यक्तिगतरुपमा भेरी अस्पताललाई २०० सिलिण्डर अक्सिजन  सहयोग गरेका छन् । उपमहानगरको वार्ड नम्बर ४ का वडा अध्यक्ष समेत रहेका सफिक बेहनाले २ लाख रुपैयाँ बराबरको २०० थान अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेका हुन् ।

अस्पतालमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु भएको खबर सार्वजाकि भएपछि आफुले मन थाम्न नसकेको र २०० थान सिलिण्डर सहयोग गरेको बेहनाले खबरकुरासँग बताए । उनले आपद बिपद परेकै बेला सबैले सहयोग गर्न आवश्यक रहेको बताउँदै सक्नेले आधापेट खाएर भएपनि बिरामीको ज्यान बचाउन सहयोग गर्नुपर्ने बताए । अहिले मुस्लिम समूदायको रमजानको महिना चलिरहेको बताउंदै बेहनाले मस्लिम संसकार अनुसार रमजानमा काटिने ‘जकात’को रकम काटेर भएपनि संक्रमितलाई सहयोग गर्न समूदायलाई आग्रह गरे ।

मुस्लिम समूदायले रमजानको महिनामा आफ्नो वर्षभरिको आम्दानीमा २ दशमलव ५ प्रतिशत रकम काटेर असहाय र अनाथलाई दान गर्ने गर्दछन् । जसलाई समूदायमा ‘जकात’ भनिन्छ । ‘महामारीका बेला जकात [फितरा] काटेर पनि बिरामीलाई सहयोग गर्न सकिन्छ ।’ बेहनाले भने ।

अस्पतालले थाम्न नसक्ने गरि गम्भिर संक्रमितहरु अस्पताल आउन थालेपछि अस्पतालमा कोरोनाको उपचार नियन्त्रण बाहिर गएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : १७ बजे

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले