२३ बैशाख २०८३, बुधबार | May 6, 2026

ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथको विशेषज्ञ उपचार



बुटवल । नेशनल बाथ रोग सेन्टरले बुटवलमा ग्लोरियस हेल्थ केयर प्रालिमार्फत बाथ रोग उपचार सेवा शुरु भएको छ ।

शुक्रबार लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुर्दशन बरालले बुटवल महेन्द्र पार्कस्थित शाखाको उद्घाटन गरेका छन ।

सेन्टरका विशेषज्ञ चिकित्सक डा बिनित वैद्यले समाजमा बाथरोग रोगबारे सचेतना फैलाउने, परिक्षण र पहिचान गर्ने तथा त्यसको जटिलता रोक्न औषधीसंगै शारिरिक ब्यायमका विधि अप्नाउनु पर्ने बताए ।

बाथको उपचार महङो भन्दा बाथरोगको पहिचान र पहिचानपछि औषधि नियमित खान छोड्नु सबैभन्दा समस्या रहेको उनले बताए । यो दिर्घरोग भएकाले नियमित र निरन्तर औषधी सेवन गर्नुपर्ने उनले बताए ।

सेन्टरका अध्यक्ष रोशन कक्षपतीले शुरुवातमा रोग पहिचानका कुल जनसंख्याको १० प्रतिशत बाथरोग देखिने तथ्यांकका हिसाबमा लुम्बिनी प्रदेशमा कुल जनसंख्याको साढे ४ लाख बाथरोग हुने आसंका रहेको बताए ।

रातोपुलमा यस क्षेत्रका करीब १५ हजारले उपचार सेवा लिएको उनले बताए । अझै पनि करीब ३.५ प्रतिशत उपचार गरिरहेको भन्दै कुल १० प्रतिशत उपचारको पहुचमा रहेको बताए । दक्ष जनशक्ति अभाव नै रहेको भन्दै उनले २०१२ सम्म ३ जना विशेषज्ञहरु रहेको बताए। आफुहरु अहिले १२ जना बाथरोग विशेषज्ञहरुमार्फत सेवा दिईरहेको उनले बताए ।

संचालक होम बहादुर पल्लिले चिकित्सकको नियमित रेखदेखमा विरामिहरु उपचारमा रहनुपर्ने भएकाले पनि सेन्टरबाट धेरै लाभ मिल्ने बताए । काठमाडौं, बिराटनगरपछि अहिले रुपन्देहीमा सेवा सुभारम्भ गरेको उनले बताए ।

सेन्टरबाट देशभरका करीब १ लाख बिरामीहरु उपचारको क्रममा रहेको उनले बताए । सेन्टरमा १२ जना विशेषज्ञ सहित ७५ जना जनशक्ति रहेको तथा बुटवलमा २ जना विशेषज्ञ जनशक्ति र अन्य कर्मचारी गरि १० जना रहेको उनले बताए । बुटवलमा १६ जनाको लगानी रहेको छ । तीन शाखामा कुल ४ करोड लगानी रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ५९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा