१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा कोरोना संक्रमण विकराल बन्दै, आज पनि थपिए ४८७ संक्रमित



नेपालगन्ज । स्थानीय प्रशासनले लकडाउन घोषणा गरेको दोस्रो दिन पनि बाँकेमा कोरोना संक्रमण फैलने क्रमले रफ्तार नै समातेको छ । बाँकेका ३ वटा पीसीआर ल्यावबाट पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा २६९ वटा नमुना परीक्षण गर्दा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको पहिलो लटको रिपोर्टमा १०३ नमुना परीक्षणमा ५२ जना र दोस्रोलटमा १८३ नमुनामा १०३ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि बागेश्वरी डाईग्नोशिस केन्द्रमा ११० नमुनामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका ल्यनवहरुमा परिएको परीक्षणमा बर्दियाका ३७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा संक्रमित थपिने क्रम नरोकिएपछि जिल्लाका सबै अस्पतालहरु भरिएका छन् भने अस्पतालका आँगन र गल्लीमा समेत संक्रमितहरुको भिड देखिएको छ । घरमा सिकिस्त भएका संक्रमितलाई लिन एम्बुलेन्स नआईदिँदा सिकिस्त बिरामीहरु रिक्सामा अस्पताल पुग्न बाध्य देखिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ३८ बजे

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री