४ बैशाख २०८१, मंगलबार | April 17, 2024

म नेकपा एमालेको आधिकारीक उपाध्यक्ष हुँ, फागुन २८ को निर्णय मान्य छैन : बामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा बिघटन गरेर सर्वोत्तको आदेशबाट एमाले ब्युँतिएपछि नेपाल र ओली पक्ष दुबैमा नबसी एकता अभियान थालेका एमाले उपाध्यक्ष बामदेव गौतम अन्ततः नेपाल पक्षको कित्तामा उभिन आईपुगेका छन् । दुबै पक्षको थोरै थोरै दोष देखाएर एकता अभियानको वकालत गर्दै हिँडेका गौतमले नेपाल पक्षले सुरुदेखि नै उठाउँदै आएको फागुन २८ को निर्णय खारेजीका पक्षमा आफुलाई उभ्याएका छन् ।

गौतमको सचिवालको तर्फबाट आज सामाजिक सञ्जालमा पोष्ट गरिएको सामाग्रीमा पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठकको निर्णय फिर्ता हुनुपर्छ भन्ने गौतमको माग जारी रहेको उल्लेख गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले गौतमलाई स्थायी समितिको सदस्यमा नियुत्त गरे लगत्तै सचिवालयको तर्फबाट गौतमका स्वकिय सचिव बिश्वमणी सुबेदीले सामाग्री पोष्ट गर्दै वामदेव गौतम नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष नै भएको दाबी गरिएको छ । सुबेदीले पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठकको निर्णय फिर्ता हुनुपर्छ भन्ने गौतमको माग जारी रहेको उल्लेख गर्दै पार्टी सञ्चालनसम्बन्धी केपीको पछिल्लो कार्यशैलीमा गौतमअ सहमत रहेको स्पष्ट पारिएको छ । उनले गौतमको अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसँग वर्षौंदेखिको व्यक्तिगत घनिष्ठता कायमै रहेको समेत उल्लेख गरेका छन् ।

गौतमले आफुलाई एकता अभियानको पक्षधर रहेको दाबी गरेपनि नेकपा रहेकै बेला गौतमले गरेको प्रधानमन्त्री र राष्ट्रियसभा सदस्यका लागि पटक पटक कुरा अड्काउने गरेको उनकै समकक्षीहरुले बताउँदै आएका छन् । गौतमले प्रधानमन्त्रीकालागि देखाएको लालसा र धुलमुले प्रबृत्तीका कारण पार्टी ठोस निर्णयमा पुग्न नसकेको नेपाल पक्षका नेताहरुले बताउने गरेका छन् ।

गौतमको सचिवालयको पोष्ट आएसँगै जनकपुरबाट आजै काठमाडौं फर्केका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतम बीच भेटवार्ता भएको थियो । गौतम र प्रधानमन्त्री ओलीबीच बिहिबार भएको डिनर वार्ता बिचमै छाडेर गौतम हिँडेका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ४७ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि