२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आइपिएल २०२१ : मुम्बइमाथि पञ्जाबको फराकिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग विकेटले पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मुम्बइले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेट जित हात पार्यो ।

पञ्जाबको जितमा लोकेश राहुल र क्रिस गेलले नटआउट ६० र ४३ रनको पारी खेले । यस्तै, मयंक अग्रवालले २५ रन बनाए । यसअघि, चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो ।

मुम्बइका कप्तान रोहित शर्माले ६३, सूर्यकुमार यादवले २२ तथा किरोन पोलार्डले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

जितसँगै पञ्जाबले ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै पराजित मुम्बइ चौथो स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : १६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री