११ माघ २०८२, आइतबार | January 26, 2026

आइपिएल २०२१ : मुम्बइमाथि पञ्जाबको फराकिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग विकेटले पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मुम्बइले दिएको १ सय ३२ रनको लक्ष्य पञ्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेट जित हात पार्यो ।

पञ्जाबको जितमा लोकेश राहुल र क्रिस गेलले नटआउट ६० र ४३ रनको पारी खेले । यस्तै, मयंक अग्रवालले २५ रन बनाए । यसअघि, चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बइले ६ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो ।

मुम्बइका कप्तान रोहित शर्माले ६३, सूर्यकुमार यादवले २२ तथा किरोन पोलार्डले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

जितसँगै पञ्जाबले ५ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यस्तै पराजित मुम्बइ चौथो स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : १६ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन