८ चैत्र २०८२, आइतबार | March 22, 2026

भारतमा कोरोना संक्रमण आज सम्मकै उच्च, एकैदिन ३ लाख ४५ हजार बढी संक्रमित



काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड बनाउने क्रम अझै पनि रोकिएको छैन ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

दिल्लीमा मात्रै ३४८ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ। सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १९ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र