८ चैत्र २०८२, आइतबार | March 22, 2026

ताप्लेजुङको पाथीभरा मन्दिर आजदेखि बन्द



ताप्लेजुङ । कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः बढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ ।

यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।

मन्दिर बन्द गर्ने निर्णय आजदेखि कडाइका साथ लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’

सरकारले यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : २१ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र