३ पुस २०८२, बिहिबार | December 18, 2025

इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण गरेका छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् ।

पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए । उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी बनाएको छ । यो धरहरा सुन्दर र आकर्षित तर मजबुद बनेको छ । हामीले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिक धन्यवाद दिन्छु ।’

उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको बताए । विश्व कोभिड-१९ को महामारीसँग जुधिँरहेको स्मरण गर्दै प्रधानमन्त्रीले कोभिडबाट सुरक्षित रहँदै विकास र निर्माणका कामलाई अघि बढाएको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले एक समारोहकाबीच शिलालेखको अनावरण गरेर धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि २० तल्लामा रहेको बर्दालीमा पुगेर पुष्पवृष्टि गरेका थिए । रिवन काटेर धरहरा प्रवेश गरेका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टि गरेका हुन । ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकनसमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले २० औँ तलामा पुगेर धरहराको उद्घाटन गरे पनि यो सर्वसाधरणको लागि खुला भएको छैन् । धरहराको आसपास अन्य संरचनाको काम नसकिएकाले अझै ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताए । उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गरेका छन् ।

पुनर्निर्मित धरहरा ४२ रोपनीमा फैलिँएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ०९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका