१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कोरोना महामारीको त्रास : बन्द भए रुपन्देहीका सबै हाटबजार



बुटवल । कोरोना भाइरसको दोस्रो चरणले महामारीको रुप लिन थालेपछि रुपन्देहीमा रुपन्देहीमा नियमित रुपमा लाग्दै आएका हाट बजारहरु बन्दा गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अर्को आदेश नभएसम्मका लागि सबै हाटबजारहरु बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले शनिबार एक सूचना प्रकाशित गर्दै हाट बजारहरु बन्द गराएको हो ।

बुटवल ६ मा रहेको पुरानो हाटबजार शनिवार बिहानदेखि प्रहरी परिचालन गरी हाट बजार बन्दा गराइएको छ । बिहान बजारमा समान लिएर गएका व्यवसायीहरु आ–आफ्नो सामान लिएर फिर्ता गएका छन् ।

यता दैनिक उपभोग्य बस्तु , तरकारी को हाट बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले भने आफुहरुले भौतिक दुरी कायम गरेर तरकारी बिक्रि गर्न पाउनुपर्ने माग गरेका छन् ।

च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसान उत्पादन गरेको बस्तुको उत्पादन सहज रुपमा बिक्रि गर्न पाउनुपर्ने बताए । उनले खासगरी किसान उत्पादित बस्तु खेरा जान नदिनको लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर वस्तु बिक्रि गर्न पाउनुपर्ने बताए । यसको लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई रहेको छ ।

रुपन्देहीमा शनिबारदेखि लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन विक्रि गर्ने बताउवरण मिलाउन आग्रह गर्ने भएको छ । जसको लागि आईतबार समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : १५ बजे

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री