१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तिलोत्तमाको प्यारामाउण्ट स्कुलको होस्टेलमा बस्दै आएकी विद्यार्थीको उच्च ज्वरोका कारण मृत्यु



बुटवल । उच्च ज्वरो आउँदा समेत उपचार नगराई पढाईमै लगाएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कूलमा पढ्ने एक छात्राको शनिवार मृत्यु भएको छ ।

विद्यालयको छात्राबासमा बसेर १० कक्षामा अध्ययनरत १५ वर्षीया छात्रा प्रतिमा सापकोटाको विगत २ दिन देखि उच्च ज्वरो आएपनि समयमा विद्यालयले उपचार गराउन ध्यान नदिँदा उनको मृत्यु भएको हो । विद्यालयमा अध्ययनरत छात्रा सापकोटाको अभिभावकले उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको विद्यालयका सहप्राचार्य लिलाधर किराँतले पुष्छि गरेका छन् ।।

बालिकामा २ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपनि विद्यालयले बालिका गम्भिर भएपछि मात्र आज अभिभावकलाई खबर गरेका थिए । बालिका बढी बिरामी भएपछि विद्यालयले शनिवार बिहान अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो ।

बालिकालाई नजिकैको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । अस्पताल पुगेलगत्तै अस्पतालका चिकित्सकले मृत्यु घोषणा गरिदिएको मृतक बालिकाका आफन्त भाष्कर भण्डारीले खबरकुरालाई जानकारी दिए ।

सरकारले जाखिम उठाएर अध्ययन अध्यापन नगराउन भनेपनि प्यारामाउण्ट विद्यालयमा भने अहिले परीक्षा चलिरहेको छ । गुल्मीको मजुवा घर भएकी उनी तिलोत्तमाको नयाँमिलमा आफन्तको सम्पर्कमा रहेर विद्यालयमा अध्ययनरत थिइन् ।

सापकोटाको मृत्यु भएको खबर आएसँग विद्यालयले धमाधम् अभिभावक बोलाउँदै विद्यार्थी जिम्मा लगाउन सुरु गरेपछि अभिभावकहरुले स्वास्थ्यमा समस्या आएका विद्यार्थीहरुको पीसीआर परीक्षणको माग गरेका थिए । मृतक सापकोटा सहित विदालयमा अध्ययनरत धेरै विद्यार्थीहरुलाई रुघा, खोकी र ज्वरो आएपनि विद्यालयले पढाउँदै आएको थियो । अभिभावक र विद्यार्थीहरुको दवावपछि भने विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परिक्षणका लागि स्वाव संकलन गराएको छ ।

सुरुमा मृत्युको पुष्टि गरेका विद्यालयका भाईस प्रिन्सिपल किराँतले केहिबेरपछि घटनाको बिषयमा बुझ्न फोन गर्दा मोबाईल स्विचअफ गरेका छन् ।

मृतक सापकोटाका नाताले दाई पर्ने भास्कर भण्डारीले महामारीकाबेला २ दिन देखि ज्वरो आएको विद्यार्थीलाई किन स्वास्थ्य परिक्षण गरिएन ? भनेर प्रश्न गरेका छन् । उनले सरकारले बन्द गर्न आग्रह गर्दा पनि विद्यालयय बन्द नगर्ने, होस्टेलमा रहेका विद्यार्थीको ज्वरो आउँदा समेत स्वास्थ्य परिक्षण नगर्ने, सिकिस्त भएपछि अभिभावकको जिम्मा लगाउने विद्यालयको कार्य निन्दनिय रहेको बताए । उनले बिद्यालयको शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका विद्यार्थीहरुलाई निगरानी राख्नु पर्नेमा बेवास्ता गरेको आरोप लगाए ।

विद्यालयकै कारण आफ्नो बहिनीको ज्यान गएको भन्दै भण्डारीले यस्ता विद्यालयको दर्ता खारेज हुनु पर्ने माग गरे ।

मृतक सापकोटा सहित अन्य ज्वरो आएका विद्यार्थीहरुको पनि स्वाव संकलन गरिएको छ । स्वावको पीसीआर रिपोर्ट भने साँझ वा भोलीमात्र आउने छ ।

विद्यार्थीको मृत्यु हुनुका साथै धेरै विद्यार्थीलाई उच्च ज्वरो आउँदा पनि विद्यालयले बेवास्ता गरेको भन्दै केहि विद्यालयका विद्यार्थी र तीनका अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : ३६ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता