११ बैशाख २०८१, मंगलबार | April 23, 2024

युवा उद्यमीका जायज माग बजेटमा समेटिन्छन् : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् ।

आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने बताए । तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । पौडेलले अहिलेको परिस्थितिमा औसत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको जनाए ।

कोभिडको सामाना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने जानकारी दिँदै पौडलले अर्थतन्त्रको पुनरउत्थानको कुरा र उन्नती प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको पनि प्रष्ट पारे ।

कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकिकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरु, स्टिल उद्योगको समस्याहरुको विषय, स्टार्टअप पोलिसि लागयतका विषयमा सुझाव दिएका छन् ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीहरुले सुझाव दिए ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ०५ बजे

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने