८ चैत्र २०८२, आइतबार | March 22, 2026

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु, एकजनाले गरे होम आइशोलेसनमा आत्महत्या



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप ४ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र एक पुरुष त्यस्तै गरी नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक महिला र एक पुरूषको उपचारकै क्रममा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका ११ का ६० वर्षिय पुरुषको शनिबार साझ १०:३० बजे मृत्यु भएको छ भने सोही समयमा खजुरा गाउपालिका ३ की ४७ वर्षिया महिलाको पनि मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की ३६ वर्षिया महिलाको मृत्यु भएको छ । उनको मध्यराती २:३० बजे बजे मृत्यु भएको थियो । कोहलपुर ९ का अर्का एक जना संक्रमितले भने पीडा सहन नसकेर आत्महत्या गरेका छन् ।   होम आइसोलेसनमा रहेका उनले साँझ ६:३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २४ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।