२२ बैशाख २०८१, शनिबार | May 5, 2024

सिद्धबाबा हस्पिटलले ३ वर्षमा दियो ४१ हजार विरामीलाई सेवा



बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले आईतबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरि तेस्रो वार्षिकोत्सब मनाएको छ ।

अस्पतालका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले कोभिड-१९ का कारण स्थापना दिवसलाई सामान्य कार्यक्रम गरि मनाईएको बताए ।

युवा विशेषज्ञ चिकित्सकहरुको समुहबाट २४ शैया दर्ता भएर सेवा सुभारम्भ गरेको उनले बताए । अस्पतालबाट मृगौला, दम तथा छाती, महिला तथा स्त्री रोग, दन्त, न्युरोसर्जरी, नाककानघाँटी, छालारोग, युरोलोजी मुत्ररोग, पेट तथा कलेजो, लगायतको विशेषज्ञ सेवा दिदै आएको उनले बताए । डेढवर्षको अवधिमा सेवाहरु थप गरेको उनले बताए ।

अस्पतालमा नियमित ५ वटा हेमोडाईलोसिसन मेशिनबाट सेवा दिईरहेको उनले बताए । अस्पतालमा ९ वेडको आईसियु सेवा रहेको छ । मुटुको ईको, हल्टर, फोक्सो सम्बन्धि जाँच, नशा सम्बन्धि समेत जाचहरु हुने उनले बताए । स्थापनाको ३ वर्षको समयमा ४१ हजार २ सय ७७ जना विरामीहरुले ओपिडि सेवा लिएको उनले बताए ।

यसैगरि ईमेरजेन्सिबाट ३ हजार ७ सय ९० जनाले सेवा लिएको छ । अस्पतालले २ सय ६० वटा सर्जरी, ३८ वटा गाईनो, ३१ अर्थो, १२ न्युरोका मेजर सर्जरी तथा ४ सय ३५ सर्जरी, ४३ गाईनो, ३० अर्थो, ४ वटा न्युरोका माईनर सर्जरी गरिएको उनले बताए । यसअघि चितवन, काठमाडौं जानुपर्ने विरामीहरुको बाध्यता कम गर्न सफल भएको उनले दाबी गरे । रुपन्देही, रोल्पा, पाल्पा, बागलुङ, नवलपरासी, दाङ, प्युठान, गुल्मी, अर्घाखाँचीबाट समेत विरामीहरुले सेवा लिएको उनले बताए ।

कोभिड-१९ को पहिलो लहरमा विशेषज्ञ सेवा दिएको अस्पतालले दोस्रो लहरमा पनि सेवा दिने तयारी रहेको उनले बताए । अस्पतालले २४ घण्टा आईसियु, सिसियु, ईमेरजेन्सी सेवा, डाईलोसिस तथा अत्याधुनिक उपकरणहरुबाट ल्याब, प्याथोलोजी, फार्मेसी सेवा दिदै आएको उनले बताए ।

सेवासंगै विकट क्षेत्रहरुमा निशुल्क स्वस्थ्य सेवा र जनचेतना कार्यक्रम समेत गरेको उनले बताए । एक सय बेड स्तरिकरणको सोच रहेको उनले बताए । सेवा बिस्तारका लागि पहल गरेको भएपनि त्यसमा धेरै चुनौतिहरु रहेको उनले बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा दिपेश प्रधानले युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीमा शुरु गरिएको बताए । अस्पताल स्तरिकरण गरि एक सय बेडमा लैजान ५० करोड आवश्यक हुने र त्यसको तयारी रहेको उनले बताए । पहिलो एक वर्ष निशुल्क परिक्षणको सेवा दिएको र त्यसपछि एक सय रुपैया टिकटमा विशेषज्ञ परिक्षण शुल्क कायम गरिएको उनले बताए । पछिल्लोसमय २ सय रुपैयामा विशेषज्ञ सेवा दिएको उनले बताए ।

कार्यक्रममा डा यमनचन्द्र प्रधान, अस्पतालका ब्यवस्थापक प्रकाश न्यौपानेले चिकित्सकहरुको समुहबाट पेशाभन्दा माथि रहेर मानविय सेवामा योगदान दिएको बताए । अस्पतालमा ९५ जना चिकित्सक र कमर्चारीबाट सेवा दिईरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ३० बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै