१ पुस २०८२, मंगलबार | December 16, 2025

तत्कालै देशव्यापी लकडाउन गर्ने सोच छैन : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । कोरोना भाइरसको महामारी तिब्र बन्दै गएपनि सरकारले सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ ।

परराष्ट्रमन्त्री एवं सत्तारुढ एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको योजना तत्कालै लकडाउन गर्ने नभएको बताएका हुन् । बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले देशव्यापी लकडाउन गर्ने योजना सरकारको नभएको बताएका हुन् । ज्ञवालीले कोरोना बढ्दै गएमा स्थायीय स्तरमा लकडाउन हुनसक्ने बताए ।

उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

मन्त्री ज्ञवालीले सरकारकोको ध्यान कोरोनाबाट बच्न आम नागरिककमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनमा केन्द्रित हुने बताए । कोरोनाको दोस्रो भेरियन्ट खतरनाक रुपमा बढेको र तेस्रो भेरियन्ट समेत देखिन थालेको बताउँदै ज्ञवालीले पार्टी पंक्तिलाई कोरोना विरुद्ध लड्न समेत एमाले बैठकले आग्रह गरेको जनाए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज