१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

तत्कालै देशव्यापी लकडाउन गर्ने सोच छैन : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । कोरोना भाइरसको महामारी तिब्र बन्दै गएपनि सरकारले सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ ।

परराष्ट्रमन्त्री एवं सत्तारुढ एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको योजना तत्कालै लकडाउन गर्ने नभएको बताएका हुन् । बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले देशव्यापी लकडाउन गर्ने योजना सरकारको नभएको बताएका हुन् । ज्ञवालीले कोरोना बढ्दै गएमा स्थायीय स्तरमा लकडाउन हुनसक्ने बताए ।

उनले भने, ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

मन्त्री ज्ञवालीले सरकारकोको ध्यान कोरोनाबाट बच्न आम नागरिककमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनमा केन्द्रित हुने बताए । कोरोनाको दोस्रो भेरियन्ट खतरनाक रुपमा बढेको र तेस्रो भेरियन्ट समेत देखिन थालेको बताउँदै ज्ञवालीले पार्टी पंक्तिलाई कोरोना विरुद्ध लड्न समेत एमाले बैठकले आग्रह गरेको जनाए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : १८ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ