३ माघ २०८२, शनिबार | January 18, 2026

सीसीएमसीको सिफारिस : भोलिदेखि हुने सबै परीक्षा स्थगित, सीमानाकाबाट विदेशीलाई प्रवेशमा रोक



काठमाडौं । कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सबै शिक्षण संस्थाअन्तर्गतका परीक्षा रोक्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले सबै शिक्षणसंस्थाका सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले भौतिक उपस्थितिमा पढाई रोके पनि परीक्षा स्थगित गरेको थिएन् । तर परीक्षाका नाममा विद्यालय कलेजहरुमा भिडभाड भएको भन्दै सीसीएमसीले परीक्षा रोक्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले भारतसँगका सीमानाकाबाट विदेशी नागरिकहरुलाई रोक लगाउनुपर्ने पनि सिफारिस गरेको छ । सीमा नाका नियन्त्रण नगर्दा भारतमा सुनामी झै फैलिएको संक्रमण नेपालमा समेत अनियन्त्रित हुनेभन्दै सीमानाकामा कडाई गर्न सीसीएमसीले मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।
यद्यपी सीमामा आवागमन रोक्ने निर्णय भने भएको छैन । भारतमा संक्रमण फैलिएपछि रोजगारीका लागि त्यहाँ पुगेका लाखौं नेपाली नागरिक अहिले पनि स्वदेश फर्किरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५६ बजे

एमालेले टुंग्यायो ७७ जिल्लाको उम्मेदवार, ओली भावी प्रधानमन्त्री (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि केहि निर्वाचन

विष्णु पौडेलले छाडे रुपन्देही

बुटवल । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही

प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले नेपाल

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि