३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेको खजुरा गाँउपालिकामा १५ बेडको अक्सिजन सहितको आइशोलेसन आजबाट संचालनमा



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अक्सिजन सहितको आइशोलेसन संचालन गर्ने जिल्लमा पहिलो स्थानीय पालिका बनेको छ । जिल्लामा कोरोना संक्रमणले भयाबहरुप लिएका बेला खजुरा गाँउ पालिकाले जिल्लामै पहिलो पालिकाको तर्फबाट अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

४० बेडको लक्ष सहित सुरु गरिएको आइशोलेसनमा आजबाट अक्सिजनसहितको १५ बेड संचलनमा आएको खजुरा गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतीले जानकारी दिए । गाँउपालिकाले खजुरा स्थित जनक शिक्षा सामाग्रीले छापाखाना स्थापनार्थ बनाएको भवनमा आइशोलेसन संचालनमा ल्याएको हो ।

खजुरामा रहेको जनक शिक्षा सामाग्रीको भवनमा निर्माण गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले अवलोकन गरेका थिए ।

२ जना नर्सिङ स्टाफ र चिकित्सक सहित आइशोलेट भएका संक्रमितहरुको उपचार गर्ने ब्यवस्था मिलाईएको गाँउपालिकाका स्वास्थ्य प्रमुख सुदिप पौडेलले बताए ।

खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ । आवश्यक अक्सिजन, औष्धी तथा स्वास्थ्यकर्मीको निगरानी रहने गरि ब्यवस्थापन गरिएको सो आइशोलसन पनि आजैबाट संचालनमा आएको छ ।
खजुरा गाउँपालिकाले यस अघि पनि कोभिडमा राम्रो काम गरेको भन्दै राष्ट्रयस्तरको पुरस्कर पाएको थियोे ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ५० बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र