६ बैशाख २०८३, आइतबार | April 19, 2026

आइपिएल २०२१ : बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ ।

मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग ६९ रनले पराजित भएको हो । जारी सिजन चौंथो जित निकालेको चेन्नइ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

चेन्नइले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि देबदुत पडिकलले सर्वाधिक ३४ रन बनाए ।

ग्लेन म्याक्सवेलले २२ रन जोड्दा केली जेमिसनले १६ रन बनाए । मोहमद सिराज १२ रनमा अविजित रहे । कप्तान विराट कोहली ८ रनमा आउट भए । चेन्नइका रविन्द्र जडेजाले ३ तथा इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । चेन्नइका लागि रविन्द्र जडेजाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ५० रनको इनिङ्स खेल्दा रुतुराजले ३३ रन बनाए ।

सुरेश रैनाले २४ रन जोडे । बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए । जितसँगै शीर्ष स्थानमा पुगेको चेन्नइको ५ खेलमा ८ अंक छ । ५ खेलमा समान ८ अंक जोडेर पनि बैंगलोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ३१ बजे

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका