२ चैत्र २०८२, सोमबार | March 16, 2026

डाेटीमा १२ शय्याको आइसोलेसन स्थापना



डोटी । जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

उनका अनुसार अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १२ शय्याको आइसोलेसन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए ।

आइसोलेसनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनीहरूको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ । जिल्लामा रहेका ९ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टीनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले हालसम्म क्वारेन्टीन स्थापना गर्न सकेका छैनन । क्वारेन्टीन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : १५ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र