११ बैशाख २०८१, मंगलबार | April 23, 2024

डाेटीमा १२ शय्याको आइसोलेसन स्थापना



डोटी । जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

उनका अनुसार अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १२ शय्याको आइसोलेसन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए ।

आइसोलेसनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनीहरूको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ । जिल्लामा रहेका ९ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टीनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले हालसम्म क्वारेन्टीन स्थापना गर्न सकेका छैनन । क्वारेन्टीन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : १५ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै