१ पुस २०८२, मंगलबार | December 16, 2025

भेरी अस्पतालले खोल्यो १० मेडिकल अफिसर सहित ४० स्टाफ नर्शको जागीर



नेपालगन्ज । भेरी अस्पताललाई १० जना मेडिकल अफिसर सहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृती प्रदान गरेसँगै अस्पताल प्रशासनले बिभिन्न पदमा ६० जनशक्तिकालागि आजै दरखास्त आह्वान गरेको छ ।

अस्पतालले आज एक सुचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, ३ जना नर्सिङ अधिकृत, ५ जना ल्याव टेक्निसियन, ४० जना स्टाफ नर्शका लागि दरखास्त आह्वान गरेको हो । अस्पतालले प्रकाशन गरेको सुचनामा स्वास्थ्य मन्त्रालयबाट प्राप्तहुने रकमबाट भुक्तानी हुने गरि असार मसान्त सम्मकालागि करार सेवामा काम गर्न चाहनेहरुका लागि दरखास्त आह्वान गरिएको उल्लेख गरिएको छ ।

मन्त्रालयले आजै मात्र अस्पताललाई १० जना मेडिकल अफिसर, ४० स्टाफ नर्श सहित ८० जना जनशक्ति परिपुर्ति गरि कोभिड वार्डलाई जनशक्ति आपुर्ति गर्न स्विकृती प्रदान गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको