२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कोरोना प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको माग



काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरको छ ।

संघले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमण तीव्र गतिमा फैलिएका स्थानहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । ‘कोभिड १९ का बिरामीले अस्पतालका बेडहरू भरिएको छ । बढी संक्रमित भएका जिल्लामा मेडिकल इमर्जेन्सी घोषणा गरेर नागरिकको स्वस्थ्य उपचारलाई सहज बनाउनुपर्छ ।’संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले विज्ञत्मिा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पतालको प्रयोग गर्न आग्रह समेत गरेको छ ।

अस्पतालहरूमा आवश्यकता अनुसार अक्सिजन बेड र एचडीयू थप्न तथा निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचार गराउने ब्यवस्था मिलाउन संघले माग गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यको जिम्मा सरकारले लिनुिपर्ने भन्दै विज्ञप्तिमा उनीहरूलाई घोषण गरिए अनुसार जोखिम भत्ता र बिमा प्रभावकारी रूपमा लागू गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ३२ बजे

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा