१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो १२ घण्टामा ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बाँकेमा ज्यान गुमाउनेहरुमा २ जना बाँकेका र एक जना जिल्ला बाहिरका हुन् ।

डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगंज-३ का २६ बर्षिय पुरुषको सोमबार राती ८ः३० बजे मृत्यु भएको छ । उनको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै कोहलपुर-१ की ६० बर्षिया महिलाको मध्याराती २:४० बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा मृत्यु भएको हो । दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भजर्न भएका ७४ वर्षिया महिलाको आज बिहान ६:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएको तथ्यांकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाँके बाहिरका मृतकको संख्या १०६ पुगेको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ०२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको