७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाका नेताहरुबीच अनौपचारिक छलफल



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच मंगलबार अनौपचरिक छलफल भएको छ ।

वर्तमान सरकारलाई समर्थन कायमै राखिराख्ने कि नयाँ सरकार बनाउने भन्ने विषयमा फरक धारमा रहेका जसपाका नेताहरुले आज अनौपचारिक छलफल गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान छलपल गरेका नेताहरुबीच कुनै ठोस विषयमा सहमति भने नभएको बताइएको छ ।
छलफलमा महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपाभित्र पूर्व राजपा समुहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै सघाउन चाहेको छ भने पूर्व समाजवादी पार्टी समुहले भने ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्ने अडानमा रहेको छ ।

शिर्ष नेतृत्वबीच सहमति नहुँदा जसपाको केन्द्रीय कार्यकारिणी बैठक समेत प्रभावित हुँदै आएको छ । ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा उपेन्द्र यादव, बाबुराम भट्टराई नेतृत्वको पूर्व समाजवादी पार्टी पक्ष बहुमतमा छ।

प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन कस्सिएका माओवादी केन्द्र र नेपाली कांग्रेस जसपाको निर्णय कुरेर बसिरहेका छन् । प्रतिनिधिसभामा अहिलेको समीकरणअनुसार जसपा निर्णायक शक्तिकेन्द्रको रुपमा रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ४७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११