७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको भीड, एक लाख बढीले उपत्यका छोडे



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ । दुई दिनको बीचमा झण्डै एक लाख बढीले उपत्यका छोडेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोसम्म ५० हजार भन्दा बढीले उपत्यका छोडिसकेका छन् । सोमबार मात्रै ५२ हजारले उपत्यका छोडेको ट्राफिक प्रहरीले तथ्यांक राखेको छ । यो संख्या बुधबारसम्म अझै बढ्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण पुनः तिब्र बनेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड बढेको छ । बुधबार साँझसम्म उपत्यका छोड्न पाइने भएपछि अझै धेरै व्यक्तिहरु बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ ।

एकसाता घोषणा गरेपनि १५ दिनका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेको छ । घर फर्किन चाहनेहरुलाई पर्याप्त समय दिएर नै निषेधाज्ञा लगाइएको छ ।

खासगरी काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजु तर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ ।

केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् । यस्तै, चापागाउँ, साँगा, बल्खु नाकाहुँदै पनि मानिसहरु बाहिर गैरहेका छन् ।

तस्बिर : रासस

 

 

 

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई