१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको भीड, एक लाख बढीले उपत्यका छोडे



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ । दुई दिनको बीचमा झण्डै एक लाख बढीले उपत्यका छोडेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसोसम्म ५० हजार भन्दा बढीले उपत्यका छोडिसकेका छन् । सोमबार मात्रै ५२ हजारले उपत्यका छोडेको ट्राफिक प्रहरीले तथ्यांक राखेको छ । यो संख्या बुधबारसम्म अझै बढ्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण पुनः तिब्र बनेपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड बढेको छ । बुधबार साँझसम्म उपत्यका छोड्न पाइने भएपछि अझै धेरै व्यक्तिहरु बाहिरिने ट्राफिक प्रहरीको अनुमान छ ।

एकसाता घोषणा गरेपनि १५ दिनका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेको छ । घर फर्किन चाहनेहरुलाई पर्याप्त समय दिएर नै निषेधाज्ञा लगाइएको छ ।

खासगरी काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजु तर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ ।

केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् । यस्तै, चापागाउँ, साँगा, बल्खु नाकाहुँदै पनि मानिसहरु बाहिर गैरहेका छन् ।

तस्बिर : रासस

 

 

 

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : ०२ बजे

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक