१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

स्वास्थ्कर्मीको बिदा खारेज, दरबन्दी खाली भए अस्पताल प्रशासनले नै भर्ना गर्न सक्ने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका अस्पतालहरुको लामो बिदामा बसेका स्वास्थ्यकर्मीहरुको बिदा खारेज गरेको छ । कोरोना संक्रमणले महामारीको रुप लिएको भन्दै अस्पतालबाट बिदामा बसेका स्वास्थ्यकर्मीलाई तुरुन्त हाजिर हुनका लागि पत्र काट्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा बिपद व्यवस्थापन इकाईका प्रमुख डा. समिर कुमार अधिकारीबाट जारी निर्देशनमा अस्पतालहरुमा दरबन्दी खाली भए यथासिघ्र बिज्ञापन गरि दरबन्दी पुरागर्ने, उपलब्ध जनशक्तिलाई आधा आधाको पालो गरि ड्युटी गराउने, थप जनशक्ति आवश्यक भए ६ महिनाको करार सेवामा भर्ना गर्ने, पद रिक्त भए तुरुन्त पुरा गर्ने तथा आवश्यकता अनुसार बहिरङ्ग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया समेत स्थगित गरि कोरोना संक्रमितको उपचारमा ब्यवस्थापन मिलाउन मन्त्रालयले निर्देशन गरेको छ ।

करिव १५ दिन देखि अकल्पनियरुपमा संक्रमितको संख्या थपिनुका साथै नयाँ थपिएका संक्रमितहरुमा अधिकांस लक्षण सहितको र अस्पताल भर्ना गर्नैपर्ने खालका रहेका कारण देशैभर कोरोनाका लागि तयार गरिएका अस्पतालहरु भरिएर थाम्न नसक्ने अवस्थामा पुगेका छन् । कतिपय अस्पतलहरुमा ८० प्रतिशत बढी स्वास्थ्कर्मीहरु स्वयम संक्रमित भएपछि सेवा नै अवरुद्ध हुन पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ३८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन