१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

आइपिएल २०२१ : १ रनले दिल्लीमाथि विजयी हुँदै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेञ्जर्स १ रनले विजयी भएको छ ।

जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो बैंगलोरको पाँचौँ जित हो ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका रिषभ पन्त र शिम्रोन हिटमेयरले नटआउट ५८ र ५३ रनको पारी खेले पनि जित दिलाउन सकेनन् ।

अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा पन्तले ११ रन बनाएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै, मर्कूस स्टोइनिसले २२ तथा पृथ्वी शाँले २१ रन बनाए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । मध्यम सुरुवात गरेको बैंगलोरका लागि एबी डि भिलियर्सले अर्धशतकीय योगदान गरे ।

एबी डि भिलियर्सले ४२ बलमा ५ छक्का र ३ चौकासहित ७५ रन बनाए । यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पडिक्कलले १७ तथा विराट कोहलीले १२ रन जोडे ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ६ खेलबाट ५ मा जित र एकमा हारसहित १० अंक छ । यस्तै एक खेल कम खेलेको चैन्नइ ८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै दिल्ली तेस्रो स्थानमा छ ।

दिल्लीका इशान्त शर्मा, कागिसो रबडा, अवेश खान, अमित मिश्रा तथा अक्षर पटेलले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : २३ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।