१२ असार २०८३, शुक्रबार | June 26, 2026

आइपिएल २०२१ : १ रनले दिल्लीमाथि विजयी हुँदै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा रोयल च्यालेञ्जर्स १ रनले विजयी भएको छ ।

जितसँगै बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो बैंगलोरको पाँचौँ जित हो ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका रिषभ पन्त र शिम्रोन हिटमेयरले नटआउट ५८ र ५३ रनको पारी खेले पनि जित दिलाउन सकेनन् ।

अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा पन्तले ११ रन बनाएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै, मर्कूस स्टोइनिसले २२ तथा पृथ्वी शाँले २१ रन बनाए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । मध्यम सुरुवात गरेको बैंगलोरका लागि एबी डि भिलियर्सले अर्धशतकीय योगदान गरे ।

एबी डि भिलियर्सले ४२ बलमा ५ छक्का र ३ चौकासहित ७५ रन बनाए । यस्तै, रजत पाटीदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पडिक्कलले १७ तथा विराट कोहलीले १२ रन जोडे ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ६ खेलबाट ५ मा जित र एकमा हारसहित १० अंक छ । यस्तै एक खेल कम खेलेको चैन्नइ ८ अंकसहित दोस्रो स्थानमा छ । यस्तै दिल्ली तेस्रो स्थानमा छ ।

दिल्लीका इशान्त शर्मा, कागिसो रबडा, अवेश खान, अमित मिश्रा तथा अक्षर पटेलले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : २३ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण