१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट पीडित उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । उनलाई डा. प्रदीप श्रेष्ठको टोलीले उपचार गरिरहेको छ ।

पूरानै रोगका कारण उनलाई अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई केही महिनाअघि उपचार गर्न भारत लगिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ०५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज