१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

नेपालमा मृत्युदर १.०२६ प्रतिशत



काठमाडौं । देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो ।

सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १.०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ धनुषामा ५३, पर्सा १ सय २३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, बाग्मती प्रदेशको काठमाडौंमा मात्रै १ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १ सय ४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २ सय ३२, मकवानपुरमा ४, रसुवामा १, रामेछाप ८, ललितपुरमा ३ सय ५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुलीमा ८ जनामा कोरोना देखिएको छ ।

गण्डकी प्रदेश कास्कीमा १ सय ८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा १, बागलुङमा २१ र स्याङ्जामा २१ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १ सय ८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा ८, बर्दियामा २८, बाँकेमा ३ सय २८, रुकुम पूर्वमा ५, रुपन्देहीमा ४ सय ३४ र रोल्पामा ९ जनामा कोरोना देखिएको छ ।

कर्णाली प्रदेश कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा ८, डोल्पामा १, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १ सय ३२ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेश अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १ सय ९४, डडेल्धुरामा १२, डोटी २, दार्चुलामा १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको छ । कोरोना संक्रमण बढेपछि सरकारले मास्क समुचित प्रयोग, भौतिक दूरी पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : ४३ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको