११ कार्तिक २०८३, बुधबार | October 28, 2026

पछिल्लो २४ घण्टामा नेपालमा थपिए ४८९७ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ८ सय ९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा २ हजार ४७ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् ।

मंगलबार देशभर ७७३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । निको हुने दर ८९।३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ४३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको