१८ माघ २०८२, आइतबार | February 1, 2026

अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिपक मनाङेलाई बनाए मन्त्री



पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

गुरुङले मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन् । प्रदेशसभाभित्र संसदीय अंकगणितको खेल उल्ट्याउन गुरुङले दिपक मनाङे भनेर चिनिने गुरुङलाई मन्त्री बनाएका हुन् ।

प्रदेशसभामा निर्णायक पोजिशनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद खिमविक्रम शाही बुधबार अचानक वेपत्ता भएपछि उनको खोजीका लागि भन्दै प्रदेशसभा बैठक नै स्थगित भएको थियो ।

शाहीकै दल र विपक्षी कांग्रेस माओवादी केन्द्रले सत्तापक्षबाट शाहीलाई प्रभावमा पारिएको आरोप लगाएका छन् । यद्यपी, शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफु अचानक बेहोस भएपछि अस्पताल आएको र आफु पार्टीको नीतिप्रति प्रतिवद्ध भएको जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ३२ बजे

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१