२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिपक मनाङेलाई बनाए मन्त्री



पोखरा । आफु विरुद्ध अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

गुरुङले मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन् । प्रदेशसभाभित्र संसदीय अंकगणितको खेल उल्ट्याउन गुरुङले दिपक मनाङे भनेर चिनिने गुरुङलाई मन्त्री बनाएका हुन् ।

प्रदेशसभामा निर्णायक पोजिशनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद खिमविक्रम शाही बुधबार अचानक वेपत्ता भएपछि उनको खोजीका लागि भन्दै प्रदेशसभा बैठक नै स्थगित भएको थियो ।

शाहीकै दल र विपक्षी कांग्रेस माओवादी केन्द्रले सत्तापक्षबाट शाहीलाई प्रभावमा पारिएको आरोप लगाएका छन् । यद्यपी, शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफु अचानक बेहोस भएपछि अस्पताल आएको र आफु पार्टीको नीतिप्रति प्रतिवद्ध भएको जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ३२ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा