२० मंसिर २०८२, शनिबार | December 7, 2025

आइपिएल २०२१ : ७ विकेटले कोलकातालाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

बिहीबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

१ सय ५५ रनको लक्ष्य पाएको दिल्लीले १६.३ ओभरमा पूरा गर्दै ७ विकेटको जित हासिल गरेको छ  ।

दिल्लीको जितमा पृथ्वी शाँ र शिखर धवनले पहिलो विकेटका लागि १ सय ३२ रनको शतकीय साझेदारी गरे । शाँले ४१ बलमा ३ छक्का र ११ चौकाको मद्धतमा ८२ रन बनाए भने धवनले ४६ रन जोडे ।

यस्तै, कप्तान रिषभ पन्तले १६ तथा मर्कूस स्टोइनिसले ६ रनको योगदान दिए । यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो ।

कोलकाताका आन्द्र रसेलले नटआउट ४५ रन बनाए । यस्तै, शुभमन गिलले ४३, राहुल त्रिपाठीले १९, नितिश रानाले १५, दिनेश कार्तिकले १४ तथा प्याट कमिन्सले अविजित ११ रन जोडे ।

दिल्लीका अक्षर पटेल र ललित यादवले समान २-२ तथा अवेश खान र मर्कूस स्टोइनिसले एक-एक विकेट हात पारे ।

जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले चेन्नइ र बैंगलोरभन्दा एक खेल बढी खेलेको छ । सबैको १० अंक छ । रनरेटको आधारमा चेन्नइ पहिलो, दिल्ली दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ३६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल