४ पुस २०८२, शुक्रबार | December 19, 2025

दक्षिण कोरियाका राष्ट्रपति इनले लगाए दोस्रो खोप



सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् ।

राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएका हुन् ।

उनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएका थिए । अमेरिकाको भ्रमणमा निस्कनु अघि उनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेका हुन् ।

राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिएका थिए ।

उनका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लागेका छन् । सिन्ह्वा

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : १९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज