२४ बैशाख २०८१, सोमबार | May 7, 2024

लुम्बिनीका सांसद पदमुक्त गर्ने निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा निर्वाचन आयोगसँग गुहार



काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद अब निर्वाचन आयोगमा पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित बुहमत कार्यकारिणी सदस्यहरुको हस्ताक्षरसहितको पत्रबाट लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई पदमुक्त भएपछि त्यसविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीको कार्यकारिणी समिति बैठक नबसेको र बैठक बोलाउन कुनै सूचना समेत जारी नगरेको जिकिर गरेका छन् । ठाकुरले प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई नरहेको दाबी समेत गरेका छन् ।

ठाकुरले प्रदेशसभा सदस्यहरुलाई पार्टीबाट निस्काशन गरेको भन्ने पत्र प्रथम दृष्टिमै अवैध एवं गैरकानुनी भएको दाबी गरेका छन् । उनले सो पत्रको आधारमा कुनै कारवाही प्रक्रिया अघि नबढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

ठाकुरले सो गैरकानुनी पत्र एवं त्यसका निर्णयहरु बदरका लागि यथासक्य छिटो कानूनी प्रक्रिया अघि बढाउने पनि जनाएका छन् ।

लुम्बिनी प्रदेशमा पार्टीका चार जना सांसदहरुले पार्टी निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा मन्त्री भएपछि विवाद उत्कर्षमा पुगेको छ । यो विवाद चर्किदै जाँदा अब जसपा फुटको अन्तिम विन्दुमा समेत पुगेको छ ।

अध्यक्ष यादवसहित जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरुको हस्ताक्षरसहितको पत्र र प्रदेश संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाका चार सांसदलाई पदमुक्त गरेको छ ।

ठाकुर पक्ष प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : १९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,