१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

लुम्बिनीका सांसद पदमुक्त गर्ने निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा निर्वाचन आयोगसँग गुहार



काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद अब निर्वाचन आयोगमा पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहित बुहमत कार्यकारिणी सदस्यहरुको हस्ताक्षरसहितको पत्रबाट लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई पदमुक्त भएपछि त्यसविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीको कार्यकारिणी समिति बैठक नबसेको र बैठक बोलाउन कुनै सूचना समेत जारी नगरेको जिकिर गरेका छन् । ठाकुरले प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई नरहेको दाबी समेत गरेका छन् ।

ठाकुरले प्रदेशसभा सदस्यहरुलाई पार्टीबाट निस्काशन गरेको भन्ने पत्र प्रथम दृष्टिमै अवैध एवं गैरकानुनी भएको दाबी गरेका छन् । उनले सो पत्रको आधारमा कुनै कारवाही प्रक्रिया अघि नबढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

ठाकुरले सो गैरकानुनी पत्र एवं त्यसका निर्णयहरु बदरका लागि यथासक्य छिटो कानूनी प्रक्रिया अघि बढाउने पनि जनाएका छन् ।

लुम्बिनी प्रदेशमा पार्टीका चार जना सांसदहरुले पार्टी निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा मन्त्री भएपछि विवाद उत्कर्षमा पुगेको छ । यो विवाद चर्किदै जाँदा अब जसपा फुटको अन्तिम विन्दुमा समेत पुगेको छ ।

अध्यक्ष यादवसहित जसपा कार्यकारिणी समितिका बहुमत सदस्यहरुको हस्ताक्षरसहितको पत्र र प्रदेश संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाका चार सांसदलाई पदमुक्त गरेको छ ।

ठाकुर पक्ष प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : १९ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने