२२ भदौ २०८३, सोमबार | September 7, 2026

गाउँ-गाउँमा फैलिँदै कोरोना



काठमाडौं । कोरोना भाइरस संक्रमण गाउँ-गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ ।

भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ । चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन । उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन । धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन । गाउँ-गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन ।

कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि हिमाली गाउँपालिका सिल गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत्त राजबहादुर भण्डारीले गाउँपालिकाका ६ कर्मचारी, स्वास्थ्य शाखाका ४ स्वास्थ्यकर्मी र तीन स्थानीयलाई पोजिटिभ देखिएको बताए ।

२७ जनालाई एन्टिजेन बिधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको भण्डारीको भनाइ छ । भण्डारी पनि कोरोना संक्रमित भएर आइसोलेसनमा उपचाररत छन । जिल्ला स्वास्थ्य कार्यालयबाट २५ एन्टिजेन किट उपलब्ध भएपछि जाँच गर्दा ११ जना पोजेटिभ भेटिएका छन । उनले कोरोना जाँच गरिए धेरै संक्रमित हुन सक्ने बताए ।

जिल्लाभरि कोरोनाको लक्षण भएका बिरामी गाउँ-गाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एन्टिजेन किट थोरै रहेकाले लक्षण भएकालाई मात्रै जाँच गर्ने गरेको कार्यालय जनाएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : २९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा