२० बैशाख २०८१, बिहिबार | May 2, 2024

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

विपक्षीदलहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावको बिषयमा छलफल गर्न आजका लागि डाकिएको प्रदेशसभा बैठक बस्नु अघि पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । बैठक सुरुहुनु पूर्व पोखरेलको राजीनामा आएपछि बैठक अन्यौलमा परेको छ ।

वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद आफ्नै हस्ताक्षरलाई लत्याउँदै पोखरेल सरकारको मन्त्री बन्न पुगेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : १५ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई