१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

विपक्षीदलहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावको बिषयमा छलफल गर्न आजका लागि डाकिएको प्रदेशसभा बैठक बस्नु अघि पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । बैठक सुरुहुनु पूर्व पोखरेलको राजीनामा आएपछि बैठक अन्यौलमा परेको छ ।

वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका ४१ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद आफ्नै हस्ताक्षरलाई लत्याउँदै पोखरेल सरकारको मन्त्री बन्न पुगेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : १५ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले