५ बैशाख २०८३, शनिबार | April 18, 2026

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा आफुले विश्वासको मत लिने निर्णय गरेको जानकारी गराएका छन् ।

आगामी बैशाख २७ गते विश्वासको मत लिन तयारी गरेका ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

२०७४ फागुन ३ गते ओलीले नेकपा माओवादी केन्द्रको समर्थनमा सरकार बनाएका थिए । माओवादीले अहिलेसम्म औपचारिक रुपमा सरकारको समर्थन फिर्ता नलिएपनि नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर सम्वादमा रहेको छ । जसपाको महन्थ ठाकुर पक्षले समर्थन नगर्दा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने भन्ने विषय अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षधर सांसदहरुको समेत पाइन नाप्ने भएका छन् । विश्वासको मत हासिल गर्न नसके ओलीले सरकारबाट राजीनामा दिनेछन् । त्यसपछि नयाँ सरकार बन्ने अवस्था नहुन्जेलसम्म ओली नै प्रधानमन्त्री बनिरहनेछन् । संविधानको धारा ७६ २ अनुसार विपक्षी दलहरुले नयाँ सरकार बनाउन संख्या पुर्याउन सकेनन भने पुनः ओलीले संसदको ठूलो दलको हैसियतले सरकारमा दाबी गर्नेछन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २३ बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले