८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा आफुले विश्वासको मत लिने निर्णय गरेको जानकारी गराएका छन् ।

आगामी बैशाख २७ गते विश्वासको मत लिन तयारी गरेका ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

२०७४ फागुन ३ गते ओलीले नेकपा माओवादी केन्द्रको समर्थनमा सरकार बनाएका थिए । माओवादीले अहिलेसम्म औपचारिक रुपमा सरकारको समर्थन फिर्ता नलिएपनि नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग निरन्तर सम्वादमा रहेको छ । जसपाको महन्थ ठाकुर पक्षले समर्थन नगर्दा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने भन्ने विषय अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिएर आफ्नै पार्टीका माधवकुमार नेपाल पक्षधर सांसदहरुको समेत पाइन नाप्ने भएका छन् । विश्वासको मत हासिल गर्न नसके ओलीले सरकारबाट राजीनामा दिनेछन् । त्यसपछि नयाँ सरकार बन्ने अवस्था नहुन्जेलसम्म ओली नै प्रधानमन्त्री बनिरहनेछन् । संविधानको धारा ७६ २ अनुसार विपक्षी दलहरुले नयाँ सरकार बनाउन संख्या पुर्याउन सकेनन भने पुनः ओलीले संसदको ठूलो दलको हैसियतले सरकारमा दाबी गर्नेछन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २३ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले