१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइपिएल २०२१ : ७ विकेटले पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पञ्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र ६ चौकासहित नटआउट ६९ रन बनाए ।

राम्रो सुरुवात गरेको दिल्लीका अर्का ओपनर पृथ्वी शाँले ३९ रनको पारी खेले । यस्तै, स्टेभन स्मिथले २४, शिम्रोन हिट्मेयरले १६ तथा रिषभ पन्तले १४ रनको योगदान दिए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

पञ्जाबका नियमित कप्तान लोकेश राहुलको अनुपस्थितिमा मयंक अग्रवालले नेतृत्व गरेका थिए । मयंक अग्रवालले ५८ बलमा ४ छक्का र ८ चौकासहित ९९ रनको पारी खेले ।

यस्तै, डेविड मलानले २६, क्रिस गेलले १३ तथा प्रभुसिम्रन सिंहले १२ रन बनाए । दिल्लीका कगिसो रबडाले ३ तथा अवेश खान र अक्षर पटेलले समान एक-एक विकेट लिए ।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको ८ खेलबाट १२ अंक छ । यस्तै, एक खेल कम खेलेको चेन्नइ र बैंगलोर १० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

मुम्बइ, राजस्थान, पञ्जाब, कोलकाता र हैदरावाद क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ४३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण