१२ असार २०८३, शुक्रबार | June 26, 2026

आइपिएल २०२१ : ७ विकेटले पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पञ्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र ६ चौकासहित नटआउट ६९ रन बनाए ।

राम्रो सुरुवात गरेको दिल्लीका अर्का ओपनर पृथ्वी शाँले ३९ रनको पारी खेले । यस्तै, स्टेभन स्मिथले २४, शिम्रोन हिट्मेयरले १६ तथा रिषभ पन्तले १४ रनको योगदान दिए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

पञ्जाबका नियमित कप्तान लोकेश राहुलको अनुपस्थितिमा मयंक अग्रवालले नेतृत्व गरेका थिए । मयंक अग्रवालले ५८ बलमा ४ छक्का र ८ चौकासहित ९९ रनको पारी खेले ।

यस्तै, डेविड मलानले २६, क्रिस गेलले १३ तथा प्रभुसिम्रन सिंहले १२ रन बनाए । दिल्लीका कगिसो रबडाले ३ तथा अवेश खान र अक्षर पटेलले समान एक-एक विकेट लिए ।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको ८ खेलबाट १२ अंक छ । यस्तै, एक खेल कम खेलेको चेन्नइ र बैंगलोर १० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

मुम्बइ, राजस्थान, पञ्जाब, कोलकाता र हैदरावाद क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ४३ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण