२० मंसिर २०८२, शनिबार | December 6, 2025

गत साता भारतमा थप १० नेपालीको मृत्यु



लण्डन । गत साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारणज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थपकोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार साँझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : ४७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय