काठमाडौं । केपी ओली सरकारको निशानामा फेरि अर्का दुई प्रदेशप्रमुख परेका छन् । ओली सरकारले गण्डकी र सदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले दुई प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन रहेका छन् भने सुदुरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी रहेकी छिन् ।
लुम्बिनी प्रदेशमा जस्तै आफु अनुकुल निर्णयहरु लागु गराउन प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख फेर्न लागेका हुन् ।
लुम्बिनी प्रदेशका प्रदेशप्रमुख धर्मनाथ प्रसाद यादव एमाले नेता छँदा प्रधानमन्त्री ओलीका बफादार रहेका थिए ।
ओलीले केही समय पहिले प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर आफ्नो प्रशंसा गरिरहने पत्रकार राजेश अहिराजलाई नियुक्त गरेका थिए ।
प्रतिक्रिया