८ चैत्र २०८२, आइतबार | March 23, 2026

भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख ५५ हजार भन्दा बढी संक्रमित



काठमाडौं । भारतमा कोरोना संक्रमण र मृत्यु दर बृद्धि हुने क्रम रोकिएको छैन ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ५५ हजार भन्दा बढी  संक्रमित भएका छन ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमित पुष्टि भएको हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६६ लाख ७०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ छ ।

यस्तै त्यहाँ एकैदिन ३४ सय ३८ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : २१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय