१७ असार २०८३, बुधबार | July 2, 2026

खुल्ला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद : अमिक शेरचन



पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई पदमुक्र गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

पोखरामा आज पत्रकार सम्मेलन गरी निवर्तमान प्रदेश प्रमुख शेरचनले अधिकारबिहीन खुला जेलबाट मुक्त गरेको भन्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् । सरकारले हिजो मात्रै शेरचनलाई प्रदेश प्रमुखबाट बर्खास्त गरेको थियो ।

शेरचनले आफु पार्टीको अनुशासित कार्यकर्ता भएको नाताले बाध्य भएर प्रधानमन्त्री ओलीको प्रस्तावलाई प्रचण्डमार्फत स्वीकार गरेको बताए । आफुले यो पद अस्वीकार गरेको बताउँदै उनले भने, ‘अहिले अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

शेरचनले आफूले पदमुक्त भएको खबर मिडियाबाट जानकारी पाएको बताए । उनले प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको बताउँदै पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको दाबी गरे । यसअवधिमा आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ३३ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)