१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए । महरेजले खेलको ११औ र ६३औ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ६९औ मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्दै छ । दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराती खेल्दै छन् ।

यस सिजनमा प्रिमियर लिगको उपाधि पनि जित्ने निश्चित रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा खेल्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३४ बजे

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

देवदह । देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले