१९ बैशाख २०८१, बुधबार | May 1, 2024

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

सिटीको जितमा रियाद महरेजले दुवै गोल गरेका थिए । महरेजले खेलको ११औ र ६३औ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ६९औ मिनेटमा पिएसजीका एन्जल डि मारियाले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्दै छ । दुवै पहिलो लिगमा १-१ को बराबरीमा छन् भने दोस्रो लिग आजराती खेल्दै छन् ।

यस सिजनमा प्रिमियर लिगको उपाधि पनि जित्ने निश्चित रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल मे २९ मा खेल्ने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३४ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना