४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमेरिकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी



काठमाडौं । अमेरिकाले १२ देखि १५ बर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप अभियान बारे आफ्नो योजना सार्बजनिक गर्दै जति सक्यो छिटो १२ देखि १५ बर्ष उमेर समुहलाई पनि खोप दिन स्वीकृति दिने बताएका हुन् ।

अहिले अमेरिकामा करिब २२ प्रतिशत बालबालिका कोरोनाबाट प्रभावित भएको रिपोर्ट सार्बजनिक भएको छ, जुन गतबर्षको तुलनामा ३ प्रतिशतले बढी हो ।

अमेरिकामा फाइजरले बनाएको खोप १२ बर्षदेखी १५ बर्षसम्मको उमेर समुहलाई दिने तयारी भएको बताइएको छ । यसअघि अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) ले १६ बर्षभन्दा माथिको उमेर समुहलाई खोप दिन अनुमति दिएको छ ।

राष्ट्रपति बाइडेनले एफडिएको प्रक्रियामा आफुले हस्तक्षेप नगर्ने बताउदै यदि एफडीएले १२ बर्षदेखि १५ बर्षसम्मलाई अनुमति दिएमा आफुहरु खोप अभियान चलाउन तयार रहेको बताएका छन् ।

बालबालिकालाई खोप लगाउने आफ्नो प्रशासनको योजना बारे बाइडेनले भने, ‘ हामीले बालबालिका समक्ष सिधै खोप पुरयाउने योजना बनाएका छौं ।

आगामी साताहरुमा आफ्नो पारिवारिक चिकित्सकबाटै खोप नि:शुल्क लगाउने पाउने व्यवस्था गरिदैछ, जहा अभिभावकले बच्चालाई लिएर जान सजिलो होस् । यसका अलावा १५ हजार फार्मेसीबाट पनि खोप लगाउने व्यवस्था गरिदै छ ।’

उनले बालबालिकाले खोप लगाउने अनुमति पाएमा पहिओ डोज एक ठाउमा लगाउने गरि तोकिने छ भने दोस्रो डोज लगाउन अर्को ठाउँको व्यवस्था गरिने उनले बताए ।

अमेरिकामा बालबालिकालाई खोप लगाउने अनुमति भएमा तुरुन्त १७ मिलियन खोप उपलब्ध रहेको बताइएको छ । अमेरिकी वरिष्ठ चिकित्सक डा. एन्थोनी फाउचीले पनि सामान्य जीवनमा फर्किन बालबालिकालाई खोप लगाउन जरुरी रहेको बताएका छन् ।

अहिले अमेरिकाको लगभग आधा जनसंख्याले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिइसकेको छ । हरेक दिन करिब १० लाखले खोप लगाइरहेको रिपोर्ट सार्बजनिक भएको छ ।

राष्ट्रपति बाइडेनले खोप बारे भ्रम हटाउने काममा आफ्नो प्रशासन लागिरहेको बताएका छन् । उनले आगामी जुलाई ४ देखि अमेरिकामा जनजीवन सामान्य बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ४० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म