२९ चैत्र २०८२, आइतबार | April 12, 2026

महामारीले ३८३ प्रवासीको मृत्यु, ४५ सय सक्रिय संक्रमित



काठमाडौं । विश्वका विभिन्न कुनामा चार हजार चार सय ९८ जना प्रवासी नेपालीले अहिले कोभिडसँग संघर्ष गरिरहेका छन । महामारी सुरु भएयता ८६ हजार ६ सय ८१ संक्रमित भएका थिए, अहिलेसम्म तीन सय ८३ जनाको ज्यान गएको छ ।

योबीचमा सबैभन्दा बढी प्रवासीको मृत्यु साउदी अरबमा भएको छ, त्यहाँ ९० जनाको ज्यान गएको छ । त्यस्तै, बेलायतमा ८७ जनाको मृत्यु भएको छ । भारतमा ७१, युएईमा ५०, कतारमा २२ र कुवेतमा १९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा १८, पोर्चुगलमा चार, मेलेसियामा तीन, बहराइनमा तीन, दक्षिण अफ्रिकामा दुईजनाको मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्यांक छ । त्यस्तै, जर्मनी, आयरल्यान्ड, लक्जमबर्ग, स्विडेन, नेदरल्यान्ड, टर्की, केन्या, अल्जेरिया, युगान्डा, इजरायल, यमन, जापान र क्यानडामा एक-एक नेपालीको मृत्यु भएको छ ।

कोभिड-१९ को भयानक संक्रमण झेलिरहेको भारतमा दुई सातामा ३० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार मे २ (गत आइतबारसम्म) को तथ्यांकअनुसार एक साता मात्रै भारतमा १० जना नेपालीको मृत्यु भएको छ । त्यसभन्दा अघिल्लो साता भारतमा २० नेपालीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा मात्रै कोरोनाका कारण ७१ नेपालीको मृत्यु भइसकेको छ । एनआरएनको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार अहिलेसम्म भारतमा रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीमध्ये १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन्, तीन हजार अहिले पनि संक्रमित छन ।

अहिलेसम्म विदेशमा कोरोना संक्रमणबाट तीन सय ८३ नेपालीको मृत्यु भएको छ । गत साता भारतमा १० बाहेक साउदीमा एक गरी ११ जनाको मृत्यु भएको थियो । एनआरएनको स्वास्थ्य समितिका अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका तीन सय ८३ जना नेपालीको कोभिड-१९ का कारणले निधन भएको छ । यो साता मलेसिया, भारत, कुवेत, युएई र साउदी अरेबियामा रहेका थप नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उक्त समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : १२ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग