१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रधानमन्त्री ओलीलाई कांग्रेस नेताहरुले भने : संविधान मिच्ने काम गर्नुभएको छ, सहयोग गर्न सक्दैनौं



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेको छ ।

नेपाली कांग्रेसका नेताहरुलाई भेट्न सभापति शेरबहादुर देउवा निवासमा आफ्ना नेताहरुसहित पुगेका ओलीलाई कांग्रेस नेताहरुले सहयोग गर्न नसक्ने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मतमा सहयोग गर्न आग्रह गरेपछि कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको हो । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता प्रकाशशरण महतले सरकारलाई अहिलेको अवस्थामा सहयोग गर्न नसक्ने कुरा बताएको जनाए । उनले भने, ‘हामीले ओलीजीलाई भन्यौं – तपाईंहरुले सत्तामा आएदेखि लोकतान्त्रिक मान्यतालाई कुल्चिनुभएको छ । संविधानलाई मिच्नुभएको छ । अहिले त त्यो काम झन बढेको छ । त्यसैले लोकतन्त्रप्रति व्यवहारिक रुपमा प्रतिवद्ध नभएसम्म, लोकतान्त्रिक संस्थाहरुलाई, संविधानलाई बलियो बनाउने दिशामा व्यहारिक प्रतिवद्धता नदेखिएसम्म हामीहरु तपाईंलाई सहयोग गर्न सक्दैनौं ।’

नेता महतले आफुहरुले संविधान र संसद छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश र अन्य अध्यादेशहरु ल्याएकोमा पनि आपत्ति जनाएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सँगै लडेका सहयात्री दलहरु एक हुनुपर्ने बताएका थिए । ओलीले कांग्रेस नेताहरुसँग आफुलाई विश्वासको मतमा सहयोग गर्न आग्रह गर्दै सहकार्य गरेर जान प्रस्ताव गरेका थिए ।

ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल बुढानीलकण्ठ पुगेका थिए ।

बैठकमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ६ : ३३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज