काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार मध्यरातमा भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
बाहिर फेरि सरकार परिवर्तनबारे चर्चा चलिरहेका बेला सत्ताधारी दुई ठूला घटकका शीर्ष नेताहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भेटवार्तामा दुबै शीर्ष नेताले बाहिर चलाइएका हल्ला गलत र निराधार भएको बताएको उपप्रधान तथा अर्थमन्त्री पौडेलले जानकारी दिए । भेटवार्ताका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेको बताइएको छ ।
प्रतिक्रिया